तिहारको अवसरमा कतारमा रहेका नेपालीले गरे रक्तदान
दर्शन सुनार/कतार : कतारमा “बृहत् रक्तदान कार्यक्रम” सम्पन्न भएको छ। “हाम्रो बिश्वब्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ,शुभ दिपावली,नेपाल संवत् र छठ पर्वको अवसर पारेर नेपाली रक्तदाता संघ,कतारको आयोजनामा शुक्रबार “बृहत् रक्तदान कार्यक्रम” सम्पन्न भएको हो । कतारको अलसाद स्थित हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा ४३जनाको उपस्थिति रहेको थियो। रक्तदान गर्नका लागी २४ जनाले रजिष्ट्रेसन गरेका थिए। जस मध्य १६ जनाले रक्तदान










