सौर्य पत्र

भव्य तरिकाले सकियो फूलबारी सांस्कृतिक कार्यक्रम (फोटो फिचर)

दर्शन सुनार/कतार : फूलबारी रेष्टुरेन्ट कतारले आयोजना गरेको ‘फूलबारी सांस्कृतिक कार्यक्रम २०२४’ भव्य तरिकाले सम्पन्न भएको छ। ‘फुलबारी रेष्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना’ भन्ने मुल नाराका साथ शुक्रबार  फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। मानव सेवा आश्रममा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा  लोकप्रिय गायक पशुपति शर्मा, मोडल करिश्मा ढकाल र सबिता भुसालले आफ्नो प्रस्तुति दिएका थिए। उसो त कतारमै रहेका अन्य कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति

नेपाली श्रमिक कल्याणकारी संघ कतारले मनायो १३५ औं अन्तर्राष्ट्रिय दिवस

दर्शन सुनार/कतार : नेपाली श्रमिक कल्याणकारी संघ कतारले १३५ औं अन्तर्राष्ट्रिय दिवस भव्य तरिकाले मनाएको छ। ‘श्रमिकका लागि श्रमिक’ भन्ने मुल नाराका साथ २०१९ मा कतारमा स्थापना भएको ‘नेपाली श्रमिक कल्याणकारी संघ’ कतारले शुक्रबार कतारको ग्राण्डमलमा रहेको लालिगुँरास रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो। नेपाली श्रमिक कल्याणकारी संघका अध्यक्ष नारायण खपाङ्गी मगरको सभापतित्व तथा श्रमिक कल्याणकारी संघका प्रमुख सल्लाहकार देब लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लेबर मिनिष्ट्रिका सलिम एल मोहन्दी,

सुर्ती सेवनबाट नेपालमा दैनिक ७३ जनाको मृत्यु

काठमाण्डौं । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि रु ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने

माग्नेको हातमा सुनको कचौरा

कतै खुइलिए खुइलिएझैँ लाग्ने अद्भुत, बिल्कुल प्राचीन एउटा सानो कचौरा बोक्न छाड्दैन माग्ने मरे पनि दोबाटोमै तयार, तर माग्न छाड्दैन माग्ने स्वाभिमानलाई थुक्क थुकेर इतिहास जलाई वर्तमान खोज्दा, आफ्नै नाम जान्दैन माग्ने जान्दछ त केवल माग्न कचौरा ठोक्दै माग्न रातो रङ पोतेर रोगीको अभिनय गर्न औँलाहरू अंकुशे काँडाझैँ बनाउनमुख बंग्याउँदै पक्षघाती बन्नदिनदिनै माग्ने दिवस मनाउनजयजयको लयमा माग्ने महिमा गाउन कठै ! खप्पिस छ माग्ने पहेँला दाँत देखाउन दिनदिनै माग्ने मोटाउँदै छ, तर कचौरा सुक्दै छ म उसलाई हेरिरहन्छु, ऊ मलाई सत्रु

डीभीको नतिजा शनिवार आउने

काठमाडौ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिवार आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते अर्थात शनिवार राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

जेठ १९ गते पत्रकार महासंघको निर्वाचन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ । बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यस अघि झैँ विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो । बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुङ्गो लगाउने निर्णय गरेको छ भने शुक्रवारका लागि महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक

४८ जना उपसचिवहरुको सरुवा

काठमाडौं । सरकारले ४८ जना उपसचिवहरुको काज, सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा सरुवा भएका छन् ।

लोकप्रिय गायक पशुपति शर्मा लगायतका कलाकार आइपुगे कतार

दर्शन सुनार/कतार : लोकप्रिय गायक पशुपति शर्मा लगायतका कही कलाकारहरु कतार आइपुगेका छन्। कतारमा हुन लागेको वृहत् साँस्कृतिक कार्यक्रमको लागि  पशुपति शर्मासँगै मोडलद्वय करिश्मा ढकाल र सविता भुसाल पनि मंगलबार राति कतार आइपुगेका हुन्। कतारको सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टले आयोजना गरेको कार्यक्रमको लागि आएका कलाकारहरुलाई स्वागत गर्न फुलबारी रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेल,कार्यक्रम संयोजक रोशन अर्याल लगायत अन्य व्यक्तित्वहरु हमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए । ”फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला

रेशम चौधरीको फेसबुकमा स्टाटस, लेख्छन-सम्बन्ध सबै समाप्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले जिम्मेवारी पाएपछि नाउपाका नेता रेशम चौधरीले तारनतार स्ट्याटसमार्फत भडास पोखिरहेका छन् । केही दिन पहिले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँगको फोटो आफ्नो सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको समर्थन फिर्ता लिने चेतावनी दिएका रेशमले उक्त स्ट्याटसको चर्चा सेलाउन नपाउँदै आफ्नै पार्टीका अर्का सांसद मन्त्री नियुक्त भएपछि उनी आक्रोसित भएका हुन् । आजै पनि थापालाई शपथ नगराउन मुख्यमन्त्री दीर्घ सोडारीलाई

सप्तरीको महादेवामा आगलागीबाट २०० घर जलेर नष्ट

राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट झण्डै २०० घर जलेर नष्ट भएको छ। गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेका बेला आगलागी हुँदा ठूलोे क्षति भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित २०० घर जलेर नष्ट