कीर्तिपुरमा६६ प्रतिशत भोट खस्यो
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको उपचुनावमा मतदानपछि मतपेटिका संकलन भइरहेको छ । ६६ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्यांक आएको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार मतपेटिका संकलनको काम सकिएपछि मतगणना आजै सुरु हुने छ । ३८ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर आजैबाट मतगणना थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले बताइन् ।