खेलकुद

रोनाल्डोको रेकर्ड गोलमा युनाइटेड विजयी

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २-१ गोलले हराएको हो । खेलको पाँचौँ मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडका लागि खेल बराबरी गरे । उनी युनाइटेडका लागि पहिलो तीन प्रिमियर लिग खेलमा गोल

महिला क्रिकेट आजदेखि पोखरामा सुरु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल समूह ‘ए’ मै रहेका सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुनेछ । यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय म्याराथनसँग नेपालगन्ज म्याराथनको सहकार्य सुरुवात

नेपालगंज । मंसिर २४ गते आयोजना हुने धारा नेपालगन्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो । सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगन्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष

यसपटकको विश्वकप मेरो अन्तिम हो: मेसी

एजेन्सी । लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने टिप्पणी गरेका छन् । ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । मेसीले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यस क्रममा उनले विश्वकपका १९ खेल खेले । ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो ।’ ‘म अहिले

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा थियो । यसबीचमा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली सफलता मिलेको थियो । दशरथ रंगशलामा असोज

क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै

काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६

बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी । रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना कम्तीमा एक दिनको लागि स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले रियल मलोर्कालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले २०औं मिनेटमा अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । मलोर्कामा शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीविरुद्ध ७२ प्रतिशत बल

अन्जनको ह्याट्रिकले नेपाल विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेपाल सहज जित दिलाउनको लागि अन्जन विष्टले ह्याट्रिक गरे । बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए । नेपालले पहिलो हाफमै तीन गोल गरको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । १८औं मिनेटमा अञ्जानले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए

नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्ज । नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । ‘बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने–‘चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’ एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर

पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दापनी पक्राउ परेनन सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्यो ।  तर, पक्राउ परेका छैनन् । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा रहेका बेला सन्दीपविरुद्ध नाबालिगलाई बलात्कारको गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको थियो । त्यस लगत्तै प्रहरीले गत बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । सन्दीपलाई पक्राउ गरी अनुसन्धान गर्ने अनुमति पाए लगत्तै प्रहरीले जहाँ भेट्यो त्यही