खेलकुद

इराकले नेपाललाई ६-२ ले हरायो

काठमाडौं । इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो । इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक/एक गोल गरे ।

भविष्य अन्यौलमा राख्दै मेस्सीले बार्सिलोना छाडे

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीका लागि जारी सिजन सकिएको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई अगाडि सिजनको अन्तिम खेलअघि नै छुट्टी दिएका छन् । ला लिगामा शनिबार हुने आफ्नो अन्तिम खेलमा मेस्सीलाई कोम्यानले आराम दिएका छन् । यो सिजन मेस्सीले निकै खेले । त्यसैले पनि उपाधि दौडबाट बाहिरिएका कारण उनलाई अन्तिम खेल अघि नै छुट्टी दिन कोम्यान तयार भएका हुन् । यसले उनलाई कोपा अमेरिकाको तयारीका लागि केहि

स्पोर्टिङ लिस्वनबाट सन्यास लिने रोनाल्डोको चाहना

एजेन्सी –इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य आफ्नो पुर्वक्लब स्पोर्टिङ लिस्वनबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् । युभेन्टसमा रोनाल्डोको सम्झौता २०२२ जुनसम्म रहेको छ । उनी आफ्नो सम्झौता अवधिसम्म युभेन्टसमै खेल्ने र त्यसपछि आफुले व्यवसायिक खेल जीवन सुरु गरेको क्लबबाट खेल्दै सन्न्यास लिन चाहना देखाएका हुन् । पाँच पटकको बालोन डिओर विजेता ३६ वर्षीय रोनाल्डोले ४० वर्षको उमेरसम्म खेल्न सक्ने छ । गतबर्ष

कोलकातालाई हराउदै चेन्नई शिर्ष स्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाता १९.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । विशाल लक्ष्य पछ्याउनेक्रममा एक समय ५.२ ओभरमा ३१–५ को दयनिय अवस्थामा पुगेको कोलकतालाई आन्द्रे रसेल र प्याट कमिन्सले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि खेल

आइपिएलमा बेंगलोरको लागातार दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । हैदराबादका कप्तान डेविड वार्नरले ३७ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ५४

उपाधिको लागि एपिएफ र सुदूरपश्चिम विच प्रतिस्पर्धा हुँदै

काठमाडौं  । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि २० प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ११ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने छ । एपिएफ लिगमा अपराजित रहँदै शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका थिए । लिग चरणको खेलको एपिएफले सुदूरपश्चिलाई ३७ रनले पराजित गरेको थियो । त्यसअघि गत पुषमा दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम एपिएफसँग

आजवाट आइपीएलको सिजन सुरु, पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्सबीच हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं सिजन आजबट सुरु हुँदैछ । तालिका अनुसार आज पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयानुसार साँझ ७ः४५ बजे चेन्नईमा खेल सुरु हुनेछ ।   मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्ने छन् । बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ ।

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान नोउ क्याम्पमा सोमबार राति भएको खेलमा फ्रेन्च फरवार्ड औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई

विश्वकप छनोटमा फ्रान्सले काजकस्तानलाई  हरायो

एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ ।   फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार राति भएको खेलमा पाहुना टोली फ्रान्सले खेलको २०औं मिनेटमा औसमाने डेम्वेलेको गोलबाट अग्रता लिएको

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन तेन्दुलकरलाई कोरोना संक्रमण (कोभिड-१९) पोजेटिभ देखिएको छ ।     सचिनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको जानकारी दिएका छन् । सचिनको कप्तानीमा यसै साता भारतीय लेजेन्ड्सले फाइनलमा श्रीलंका लेजेन्ड्सलाई पराजित गर्दै रोड सेफ्टी विश्व टि२० सिरिजको च्याम्पियन बनेको थियो । आफूलाई कोरोना संक्रमण देखिएपनि घरका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको सचिनले