खेलकुद

विश्वकप छनोटमा जर्मनीको सहज जीत

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे ।     पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा गोल गरेका थिए ।   सातौ

पुलिसलाई हराउदै संकटा क्वार्टरफाइनलमा प्रवेश

हेटौंडा । ए डिभिजन टोली संकटा क्लब हेटौडामा जारी स्थानीय तह सहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा संकटा क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शनिबार अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटा क्लबले अन्तिम ८ मा पुगेको हो । विदेशी खेलाडी आका लेहोलेले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ३१ औं मिनेटमा गोल गरेका थिए

मिलान र म्यानचेस्टर बाराबरीमा

एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् ।ा अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य बनेको हो । ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको १२औं

सातौ प्रधानमन्त्री कपको उपाधि एपिएफलाई

नेपालगन्ज । नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ । मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्ने छन् । एपिएफ लिगमा शीर्षस्थानमा रहँदै उपाधि जितेको हो । एपिएफले पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले

बेलको भाग्य चम्कदा टोटेनहमको सानदार जितमा

टोटेनहमको एजेन्सी । रियल म्याड्रिडबाट लोनमा आएका विंगर ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलीमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । टोटेनहमको जितमा बेलले २ गोल र १ असिस्ट प्रदान गरे । खेलको ६८ सेकेन्डमा नै बेलले टोटेनहमलाई अग्रता दिलाएका थिए । ह्युङ मिन सनको क्रसमा अफसाइड ट्रयाप बिट गर्दै बेलले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा सहजै गोल गरेका थिए । १५

धनगढीमा एलपिएल सुरु हुदै, देशभरका १६ विद्यालयको सहभागिता

धनगढी । धनगढीमा शनिबार चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) – ५ सुरु हुँदैछ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले धनगढी उपमहानगरले राष्ट्र, स्वास्थ्य र समाजका लागि समेत खेलकुद भन्ने नीति अवलम्बन गरेकाले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा

रश्मीको चार गोलसहित आर्मीको सानदार जीत

काठमाडौं । फरवार्ड रश्मी घिसिङको ह्याट्रिकसहित चार गोल र बिमला चौधरीको दुई गोल मद्दतमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को सानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा चन्द्रपुरकी रजनी थोकरले एक गोल फर्काइन् । लिगको १० खेलमा आर्मीको यो आठौं जित हो । एपिएफसँग पराजित आर्मीले पुलिससँग गोलरहितर बराबरी खेलेको थियो । खेलको १०औं मिनेटमा रश्मीको

डायमन्डलाई पराजित गर्दै एपिएफ फाइनलमा

पोखरा । होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । फाइनल पुग्न जित निकाल्नै पर्ने खेलमा डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो । समान ५ अंक भएपनि सेटको आधारमा एपिएफ अघि बढेको हो । पुलिस ६ अंक जोडेर पहिलो स्थानमा रहदै फाइनलमा पुग्न सफल भयो ।

एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश

पोखरा । विभागिय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक जित निकाल्न सफल भयो । एक समय गण्डकी २३–१९ को सहज अवस्थामा रहँदा लगातार अंक गुमाएपछि दवावमा

बार्सिलोनामाथी सेभियाको जीत

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका