माधव समूहका सांसद पोखरेल ओली पक्षमा सहभागी
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षमा छन् । एमालेका अध्यक्ष तथा दलका नेता समेत रहेका ओलीले शनिबार बोलाएको बैठकमा सहभागी भएका उनी ओली पक्षमा लागेका हुन् । सांसद पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने प्रतिबद्धता जनाउँदै भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागेँ, गल्ती भए माफी पाउँ ।’ उनले नेता नेपालले पार्टी