नयाँ सरकार गठन हुने भन्दै प्रचण्डले दिए सबैलाई बधाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने निश्चित भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेसँगै नयाँ सरकार बन्ने परिस्थिति भएकाे अध्यक्ष प्रचण्डको भनाइ रहेको छ । कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आजैबाट सरकार गठनबारे घनिभूत छलफल सुरु भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस