केही दिनभित्रै सरकारलाई समर्थन गर्ने जासपा को तयारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले र जसपा कार्यदलको बैठकमा जसपाले दुई तीन दिन भित्रै सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको हो । कार्यदलको छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको थियो । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको