माओवादी केन्द्रद्वारा गृहमन्त्री बादललाई कारवाही, सांसद पद पनि गुम्मे


  • माओवादी केन्द्रद्वारा गृहमन्त्री बादललाई कारवाही, सांसद पद पनि गुम्मे

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। उनीहरुलाई राष्ट्रियसभाको सदस्यबाट हटाइएको छ । एमाले प्रवेश गरेकाले बादल र खड्का कारबाहीमा परेका हुन् । दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ। माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भई सो दलको केन्द्रीय सदस्य पद स्वीकार गरी दल त्याग गरेको देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ ९१० गरिदिन भनेर दल त्यागको सूचना शुक्रवार संसद सचिवालयमा दिएका हुन्। यससँगै बादलको मन्त्री पनि पनि तत्कालका लागि गुम्ने भएको छ । गैरसांसदको हैसियतमा उनी फेरि मन्त्री भने हुन सक्छन् । तर, फेरि सांसद हुन कठिन भएकाले ६ महिनासम्म मात्र सांसद हुन पाउनेछन् । दलको नेताका तर्फबाट राष्ट्रियसभाका नेता दिनानाथ शर्माले सूचना बुझाइसकेका छन् । बादल ६ वर्षका लागि राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए भने खड्काको कार्यकाल ४ वर्ष छ। राष्ट्रियसभा बैठक अधिवेशन अन्त्य भइसकेकोले सूचना टाँस गरेर उनीहरुलाई पदमुक्त गरिएको जानकारी गराइनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *