ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो । सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुनेगरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा