राजनीति

सुवास नेम्वाङको पाँचौं पटक संसदमा ‘इन्ट्री’

काठमाडौं । प्रतिनिधिसभामा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार निर्वाचन जित्दै आइरहेका छन् । यो उनको पाँचौ जित हो ।

कर्णालीमा एमाले पत्तासाफ, अन्य कुन दलले कति सिट जिते ?

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको हो । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा एकीकृत समाजवादीले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा एमाले शून्यमा झरेको हो । विसं २०७४ को

रुपन्देही ३ मा दीपक बोहोराको अग्रता कायमै, पछि परे गृहमन्त्री खाण

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार  बालकृष्ण खाण पछि परेका छन् । निर्वाचन कार्यालयको पछिल्लो परिणाम अनुसार राप्रपाका दीपक वोहोराले  ३२ हजार ८४८ मत प्राप्त गरेका छन् । खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्।

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए । चितवन–३ मा डा. अधिकारीलार्इं नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलले समर्थन गरेका थिए भने नेकपा एमालेले

हुम्लाबाट माओवादी केन्द्रका छिरिङ डम्दुल लामा निर्वाचित

हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।

नवलपरासी १ मा हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी निर्वाचित

नवलपरासी । पश्चिम नवलपरासी १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन्। उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गरेका हुन। चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी तेस्रो स्थानमा रहेका छन् । यो क्षेत्रमा ८४ हजार ३ सय

मोरङ ६ बाट कांग्रेसका शेखर कोइराला निर्वाचित

मोरङ । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए

समानुपातिक मत, कुन दलको कति ?

काठमाण्डौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत

बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

बांके । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरे । राठौरले चार हजार सात सय  ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन्। यसैगरी राष्ट्रिय स्वतन्त्र

जाजरकोटबाट माओवादीका शक्तिबहादुर बस्नेतको ‘ह्याट्रिक’

जाजरकोट । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेत एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गरी विजयी भएका हुन् । बस्नेत ३४ हजार १५१ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी आचार्यले २५ हजार १२० मत पाएका छन् । उनी  २०७० मा जाजरकट १  र ०७४ मा जाजरकोटबाट निर्वाचित  भएका थिए । योसँग जाजरकोटमा बस्नेतले जितमा ह्याट्रिक गरेका छन्