राजनीति

बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित, ऐन महर पराजित

बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । उनले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् ।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही फराकिलो मतले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६५२८ मत पाए । जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । उम्मेदवारी दर्तापछि नै उनले जुम्मलामा आक्रामक

सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

सप्तरी । सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।  बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद

एमालेका सचिव योगेश भट्टराई विजयी

काठमाडौं । प्रतिनिधिसभामा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् । मतगणनाको सुरुदेखि नै पछि परेका एमालेका सचिव भट्टराईले अन्तिममा पुनरागमन गर्दै ताप्लेजुङबाट दोस्रो पटक संसद यात्रा तय गरेका छन् । उनले निटतम प्रतिस्पर्धी माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०९ मतले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

पोखरा । बागलुङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एमालेका सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा सूर्यप्रसाद पाठक विजयी भएक भएका थिए ।

बर्दिया-२ मा रेशम चौधरीका बुवा लालवीर विजयी

बर्दिया । बर्दिया-२ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । रेशम चौधरीका बाबु समेत रहेका चौधरीले २६ हजार पाँच सय २० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार तीन सय ८४ मत ल्याए । यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याए भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए । रेशमको उम्मेदवारी

प्रतिनिधिसभामा घण्टीले खोल्यो खाता, काठमाडौं २ मा सोविता गौतम विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएका हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै,

बाँके क्षेत्र नम्बर–२ बाट राप्रपाका धवलशमशेर राणा विजयी

नेपालगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर  राणा विजयी भएका हुन् । राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याउन सके । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार

समानुपातिकमा कुन दलले कति मत ल्याए

काठमाण्डौं । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । बुधबार बिहानको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ९५ हजार १५ मत प्राप्त हुँदा नेकपा

एकीकृत समाजवादीले खाता खोल्यो, अछाममा कुँवर विजयी

अछाम । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे  । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।