राजनीति

राष्ट्रिय सभा अध्यक्ष बने नारायण दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।  आज मंगलबार भएको निर्वाचनबाट दाहाल आगामी कार्यकालका लागि राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । त्यसअघि, कांग्रेसका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो । बिहान ११ः०९ बजे बस्ने बैठकमा मतदान गर्ने कार्यसूची रहेको छ । सभाको अध्यक्षका लागि सोमबार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं : राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ । आजै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ । अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि

जसपाबाट उपेन्द्र, नवलकिशोर र दीपक मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सत्ता समीरकण परिवर्तनपछि प्रधानमन्त्रीले आज जनता समाजवादी पार्टीलाई समेटेर तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज

जसपाबाट उपेन्द्र यादव स्वास्थ्य र साह वन मन्त्री बन्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो ।  जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र  नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वन तथा वातावरण मन्त्री बन्ने भएका हुन् । यस्तै कार्की

नवनियुक्त १६ मन्त्रीले लिए शपथ,यस्तो बन्यो प्रधानमन्त्री प्रचण्डको टीम

काठमाडौं : नवनियुक्त १६ जना मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । त्यतिबेला एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले

रास्वपाले पायो चार मन्त्रालय गृहमा रवि,श्रममा अर्याल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो । जसअनुसार डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् ।

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले आज सानो आकारको मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार

गृहमा एमाले र रास्वपाको दाबी

काठमाण्डौं : नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ।नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो।एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले

रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ । हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो । ‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ ।