कारागार सुरक्षामा सेना खटियो
काठमाडौ । कारागार, विमानस्थल लगायत स्थानमा कार्यरत प्रहरीलाई मतदानस्थलमा खटिने भएपछि त्यहाँको सुरक्षा जिम्मेवारी सेनाले लिन थालेको छ । देशभरी करिब ३५ कारागारको सुरक्षा जिम्मेवारी सेनाले लिइसकेको छ । निर्वाचनमा सेना र सशस्त्र प्रहरी सहयोगी भूमिकामा खटिनेछन् । निर्वाचनमा प्रत्यक्ष सुरक्षामा प्रहरी र म्यादी मात्र खटिनेछन् । कार्यालय सुरक्षा तथा गस्तीको जिम्मेवारी सेना र सशस्त्र प्रहरीलाई छ । सशस्त्र प्रहरीले गस्ती बाहेक निर्वाचन कार्यालयको सुरक्षा समेत हेर्नेछ । मतगणनास्थलमा पनि