राजनीति

राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभा चुनाव लड्दै

काठमाण्डौं । राप्रपाकी महामन्त्री कुन्ती शाही दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकी छन् । आइतबार दिउँसो १ बजे आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी उनले गराएकी छन् । शाहीले भ्रष्टाचारका विरुद्ध ,स्वाधीन अर्थतन्त्रको पक्षमा, आवाज विहिन गरिब  महिला, युवा, दलित, बृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । ‘दैलेखलाई पर्यटन प्रबर्द्धन, बलियो पुर्वाधार,आधुनिक कृषि, व्यवस्थित विद्युतिय उर्जाबाट सबल र सक्षम दैलेख बनाउनु छ,’उनले भनेकी छन्,‘ राजनीतिलाई

चितवन २ बाट रवि लामिछानेले उम्मेदवारी दिँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । सभापति लामिछानेलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले रातोपाटीलाई बताए । बोहराका अनुसार लामिछाने उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेका छन् । रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो । लामिछानेले चितवन २ बाट उम्मेदवारी

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। आयोगले शनिबार पत्रकार सम्मेलन गर्दै आवश्यक कागजात संलग्न गरि आज (आइतबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेको छ । आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन

समानुपातिक उम्मेदवारको बन्दसूची सुचना आज प्रकाशन गरिने

काठमाण्डौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ । यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को

सभामुख सापकोटा निर्वाचनमा उम्मेदवार नबन्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले यस पटक निर्वाचनमा भाग नलिने बताएका हुन् । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । उनले आफू संसदमा नरहेपनि सिन्धुपाल्चोकको मात्र नभएर देशकै लागि काम गर्ने बताए ।

आफूविरुद्धको अन्यायबारे भीम रावलले दिनभरी सोचेर निर्णय लिने

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज दिनभरी सोचेर आफूविरुद्ध भएको अन्यायबारे निर्णय गर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ का सर्वसम्मत सिफारिसमा परे पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाएका रावलले आज दिनभर सोचेर निर्णय गर्ने बताएका हुन् । दृष्टिन्यूजसँग कुरा गर्दै नेता रावलले भने– ‘म गम्भीर अध्ययनमा छु । गम्भीर भएर सोच्दैछु । म माथि अन्याय भएको छ । बेलुकासम्म सोचेर निर्णय लिनेछु छ ।’ एमाले विभाजन हुनुपूर्व माधवकुमार

गठबन्धनभित्र अझै १३ स्थानमा सहमति जुट्न सकेन

काठमाडौं । सत्ता गठबन्धनमा अझै १३ निर्वाचन क्षेत्रमा सहमति जुट्न बाँकी छ ।शुक्रबार राति सम्पन्न बैठकले १६५ मध्ये १५२ क्षेत्रको भागवण्डा मिलाएको छ । प्रदेश २ का धेरै क्षेत्रमा सहमति हुन बाँकी देखिएको छ । सप्तरी-१ र २, सिराहा-४, धनुषा-२ र ३, महोत्तरी-३ र ४, सर्लाही-१, बारा-२ र ३, पर्सा-१ र ३ तथा बाँके-२ मा मिल्न बाँकी छ । बैठकपछि सार्वजनिक भएको सहमति अनुसार कांग्रेसले ८४, माओवादीले ४७, एकीकृत समाजवादीले

१६१ सिटमा सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभाको १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको छ । ४ स्थानको बाँडफँट टुंगीन बाँकी छ । शुक्रबार अबेरसम्मको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि समेट्दै भागवण्डा गरेकाे हो । सहमतिअनुसार कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लाेसपालाई ८ देखि १० सिट दिने सहमति भएको छ । शनिबार बस्ने बैठकले बाँकी भागवण्डा मिलाउने

प्रत्यक्षतर्फका उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

काठमाण्डौं । प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार छान्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । विहीबार विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता असोज २३ गते

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध