प्रचण्डले चितवन-३ छाड्ने संकेत
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन, चितवनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नम्बर ३ नछाड्न आग्रह गरको छ । पाँच दलीय गठबन्धन, चितवनका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको बैठकले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै लड्न अपिल गरको हो । प्रचण्ड अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पाँच दलीय गठबन्धन, चितवनले जारी