जसपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । जसपा समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बैठक जारी छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको बैठक आज पनि बस्दैछ । पहिलो दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । जसपाका कार्यकारिणी सदस्य मनिष सुमनका अनुसार आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने छ । पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी