‘अर्ली इलेक्सन’ को सम्भावना छैन : वर्षमान पुन
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसद भङ्ग गरेर ‘अर्ली इलेक्सन’ को सम्भावना नभएको बताएका छन् । आउँदो वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नरहेको उनले बताएका छन् । ‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रुपले, अभ्यासका हिसाबले, परम्परागत रुपमा पनि मंसिरपछि पाँच वर्ष पूरा भइसक्ने भएकाले यसपछि पनि