राजनीति

देउवा र प्रचण्डबीच भेटवार्ता, निर्वाचन र एमसीसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । इतबार मात्रै प्रधानमन्त्रीले एमसीसी पास नगरे फिर्ता जाने र गठबन्धन टुट्ने जस्ता अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवाको उक्त भनाइकै कारण अहिले सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस भइरहेको

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ, एसएमएस,

नेता वर्षमान पुन आज चीनबाट स्वदेश फर्कदै

काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ चीनबाट आज स्वदेश फर्किँदैछन् । नेता पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कने भएका हुन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेका हुन् । पुनले सामाजिक सन्जालमार्फत् सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी दिएका थिए । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा

सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।आयोगलगे निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानूनी कारवाही समेत हुने आयोगले बताएको छ ।

आठ वर्षपछि एमालेमा जाम खुल्दै

काठमाडौं । नेकपा एमालेले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ। एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीन बुँदे मापदण्ड जारी गरेका छन्। त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला

कांग्रेसको केन्द्रीय सदस्य (खुला) मा ३५ जना विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह

कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । खुलातर्फ आइतबार निर्वाचित ३५ केन्द्रीय सदस्यमा १५ जना नयाँ छन् । अघिल्लो महाधिवेशनमा खुलातर्फ निर्वाचित २५ केन्द्रीय सदस्यमध्ये विश्वप्रकाश शर्मा र रमेश लेखक मात्र नयाँ थिए । यस पटक मतगणना बाँकी रहेका विभिन्न ‘क्लस्टर’ का ८६ केन्द्रीय सदस्यमा पनि नयाँ अनुहार प्रतिस्पर्धामा छन् । १३ पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ हुन् । सभापतिले मनोनयन गर्ने ३३ केन्द्रीय

डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी

काठमाडौं । (एमाले) ले निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा.रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा.रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा.रावलको परामर्श

मनाङ मस्र्याङ्दी क्लवलाई गण्डकी प्रदेश सरकारको रु १० लाख सहयोग

कास्की । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो । युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो

पराजय अन्तिम र मृत्यु होइन : मुख्य शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको आन्तरिक चुनावमा पराजित भएपछि पराजय अन्तिम र मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहान्त्रीमा उम्मेदवारी दिएका शाही पराजित भएसँगै पदबाट राजीनामा दिन्छन् वा के गर्छन् भन्ने सवाल उठिरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन् । निर्वाचनको परिणाम आउनुअघि मुख्यमन्त्री शाहीले ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ’ भनेका थिए । तर, उनी शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्