बागमती प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । गठबन्धनको तर्फबाट गत कात्तिक ११ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश