एमालेको १०औं महाधिवेशन चितवनमा हुने
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन हुने स्थान परिवर्तन भएको छ । आगामी मंसिरमा बुटवलमा गर्ने निर्णय गरेको एमालेले स्थान परवर्तन गर्दै चितवनमा गर्ने निर्णय गरेको हो । विहीबार बसेको स्थायी कमिटी बैठकले १०औं महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बिहीबारको बैठकले १०औं महाधिवेशन सफल पार्न नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरेको पनि ज्ञवालीले जानकारी दिए । एमालेले