माइतीघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकको पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । यससँगै तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । सोमबार जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म