विशेष समाचार

विभिन्न कार्यक्रम आयोजना गरी १७ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। आज चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै लोकतन्त्र दिवसको मनाइन लागिएको हो । विसं २०६२र०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइएको हो । यो दिवस विसं २०६४ सालदेखि देशभर मनाउन

मंगलबारसम्म सबै मतपरिणाम आउँछ : निर्वाचन आयोग

काठमाडौं । आइतबार सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको मतदान सम्पन्न भएपछि आयोगले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । आइतबार बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक सम्पन्न भएको पनि आयोगले जनाएको छ । आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत

तलब भत्ता हिनामिना गरेको अभियोगमा पूर्वडिएसपीलाई तीन वर्ष कैद

काठमाण्डौं । तलब भत्ता हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख डिएसपी त्रिलोक बहादुर चन्द तथा तथा सइ माधव चन्द ठकुरीलाई ३–३ वर्ष कैद सजाय भएको छ । विशेष अदालतले आइतबार उनीहरुलाई सजाय सुनाउँदै जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा जरिवाना र जनही ३२ हजार एक सय ५० रुपैयाँ असूलउपर गर्ने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सइ ठकुरी र थप

तिन जिल्ला चितवन, तनहुँ र बारामा मतदान जारी

काठमाडौं । प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म हुनेछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको हो ।

बारा- २ मा मतदान सुरु

चितवन । बारा क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका

तनहुँ- १ मा मतदान सुरु

तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले

चितवनमा मतदान सुरु

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ

आज तीन जिल्ल्मा उपनिर्वाचन

काठमाडौं । आज प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो । यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदीपारि भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै

गण्डकी प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाडौं । गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढलेको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको