विशेष समाचार

नेपालगन्जमा मनाइयो 'हनुमान जन्मोत्सव'

नेपालगन्ज : हरेक वर्ष झै यस् वर्ष पनि हनुमान जन्मोत्सव धुमधामका साथ मनाइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइन्छ। यसैबीच, नेपालगन्जमा पनि बिहीबार हनुमान जन्मोत्सव निकै धुमधामका साथ मनाइएको छ। नेपालगन्ज स्थित हनुमान गौसाला आश्रममा हमुनान जन्मोत्सव मनाइएको हो। जन्मोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा शोभा यात्रा समेत निकालिएको थियो। नेपालगन्जका

सत्ता गठबनधनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबनधन दलको बैठक बालुवाटारमा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज (बिहिबार) साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा

नेपालमाथि भियतनामको सानदार जित

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ पहिलो चरण छनोट अन्तर्गत भियतनामले पहिलो खेलमा नेपाललाई ५-१ ले हराएको छ । पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल थप्यो । दोस्रो हाफमा सावित्रा भण्डारीले गरेको गोल सान्तवना सावित भयो । भियतनामले नेपालको कमजोर डिफेन्स र खराब गोलरक्षणको भरपुर फाइदा उठाउँदै फराकिलो जित हासिल गरेको हो । ४ गोलले पछि परेको नेपालका लागि ८०औं मिनेटमा सरु लिम्बूको

एक महिनापछि कोशी नामबाट पछि हट्यो माओवादी

काठमाडौं । प्रदेश-१ को नामकरणको क्रममा कोशी प्रदेशको पक्षमा मतदान गरेको नेकपा माओवादी केन्द्र एक महिनापछि कोशी नामबाट पछि हटेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय पदाधिकारीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महाराले माओवादी पहिचानकै पक्षमा रहेको बताए । प्रवक्ता महराले भने, ‘कोशी नामको विरुद्ध पहिचानको पक्षधरले गरिरहेको आन्दोलनप्रति हाम्रो समर्थन छ । पहिचानको विषयमा हामी पछि हटेका छैनौं । हाम्रो पार्टी निष्पक्ष पहिचानकै पक्षमा छ ।

मेरो घरमा व्यापार गर्ने ५ जनालाई १० प्रतिशत  घरभाडा छुट दिन्छु : कृष्णप्रसाद श्रेष्ठ

नेपालगन्ज : पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प हुँदै गईरहेका छन्। अधिकांश व्यापार व्यवसाय बन्द भइसकेका छन्। धेरै व्यापारीहरु त झन् व्यवसाय बन्द गरेर विदेश पलायन समेत भइसकेका छन् । अधिकांश व्यापारीहरु विदेशिने क्रममा छन् । यही कुरालाई मध्यनजर गर्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेका अध्यक्ष एवम् व्यापारी समेत रहेका कृष्णप्रसाद

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपी उनले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन् ।

हिमपहिरोमा परेर सिक्किममा तीन नेपालीसहित सात जनाको मृत्यु

काठमाडौं । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ । सिक्कम सरकारले बिज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो ।  मृत्यु हुने तीन नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् । तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेहरूमा

रिलिजको तयारीमा 'तु  सजनी मोर'

नेपालगन्ज।मोफसलमा बसेर निर्देशनमा व्यस्त बनेका निर्देशक नवराज सुवेदी निर्देशित नयाँ म्युजिक भिडियोको छायांकन सप्पन्न भएको छ । बाँके र बर्दियाका बिभिन्न स्थानमा सोमबार छायांकन सम्पन्न भएको ‘तु  सजनी मोर’  बोलको थारु गीत नयाँ वर्षको अवसरमा सेविल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट रिलिजगर्ने तयारी रहेको निर्देशक सुवेदीले बताए । संगित चौधरी र अनु चौधरीको स्वर, कुमार चौधरीको शब्द /संगीत, जुना क्षेत्रीको कोरियोग्राफर रहेको भिडियोमा सोना बज्राचार्य र रमेशखनालको अभिनय रहेको छ । चौधरी समुदायमा हुर्केका युवायुवती बीचको माया प्रेमसंगै चौधरी समुदायको भेषभुषा, रहनसहनलगायतका कुरालाई भिडियोमा समेटिएको छ। भिडियोलाई उत्कृष्ट बनाउन सक्दो मिहेनत गरेका निर्देशक सुवेदीले मोफसलमा बसेर सिमित स्रोत साधनहरुको बाबजुद पनी उत्कृष्टभिडियो बनाउन सफल भएको बताउदै अडियो र भिडियोलाई दर्शक स्रोताले माया गरिदिनेमा ढुक्क रहेका बताए । पर्यटकिय स्थल बर्दियाको डल्ला होम इस्टे ,नेपालगन्ज र गाबर भ्यालिका बिभिन्न आकर्षक स्थानमा  छायांकन गरिएको भिडियोलाई  दिनेश क्षेत्रीले खिचेका हुन् ।

इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो । नयाँ भाडासूची अनुसार काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको हो । काठमाडौंबाट भद्रपुरको भाडा ३०० रुपैयाँले घटेको छ । विराटनगरका लागि २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

अदालतले लगायो सिनेमा 'प्रसाद २'को प्रदर्शनमा रोक

काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘प्रसाद २’लाई प्रदर्शनमा रोक लगाइएको छ। मंगलबार उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउने आदेश दिएको हो। यस् सिनेमाका निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दालाई नजर गर्दै अदालतले प्रदर्शनमा रोक लगाएको हो। थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा