१३ मन्त्रालय हामीलाई चलाउन दिनुस्,देश कस्तो बनाउनुपर्छ हामी देखाइदिन्छौँ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय मात्रै सय दिनलाई चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।“दश सिटमात्रै भएको दलको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने गाइँगुइँ चलेको छ,” उनले भने, “मैले दश दलीय गठबन्धनका नेताहरुलाई प्रस्ताव गर्न चाहन्छु– हामीलाई १३ वटा मन्त्रालय सय दिन चलाउन दिनूस् । एक सय दिन मात्र हामीलाई