विशेष समाचार

सर्वोच्चले मंसिर २८ मा  प्रचण्डविरुद्धको मुद्दामा फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते फैसला सुनाउने भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै सात वर्ष पुरानो मुद्दामा फैसला सुनाउने मिति तोकेको हो । द्वन्द्वकालीन मुद्दाबारे प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार दुवैतर्फको बहस

तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा हुंदा दुई जनाको मृत्यु भएको हो । जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको प्रहरीले बताएको छ।  मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले

संरक्षणमा राखिएकी महिला कालीकोटमा मृत भेटिइन्

कालीकोट: संरक्षणमा राखिएकी एक महिला कालीकोटमा मृत फेला परेकी छन्। सदरमुकाम मान्ममा गैरसरकारी संस्था सोसेकद्वारा सञ्चालित महिला तथा बालबालिका केन्द्रको संरक्षणमा राखिएकी सानीन्त्रिवेणी गाउँपालिका-१ लुसाकी २५ वर्षीया गीताकुमारी जैसी शाही मृत फेला परेकी हुन्। उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। सेल्टरमै आइतबार बिहान ९ बजे उनी मृत भेटिएको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। घटनाबारे बिहानै थाहा भए पनि बेलुकामात्र आफन्त आएकाले मुचुल्का उठाउन

दसैँ लक्षित गरेर देशभरको सडक मर्मत गर्दै सरकार

काठमाण्डौं : दसैँका लागि उपत्यका छाड्ने र दसैँ मनाएर भित्रने लाखौं सङ्ख्याका यात्रु लक्षित गरेर सरकारले देशभरको सडक मर्मतको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सरकारले युद्ध स्तरमा सडक मर्मत सम्भारको काम सुरु गरेको बताए । ‘देशभर सडक मर्मत सम्भारको काम सुरु भएको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको सडक समेत दसैँ लक्षित मर्मत हुँदै छन्,’ रिजालले रातोपाटीसँग

साउन र भाद्र महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६ अर्ब ४४ करोड ७० लाखमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बराबर घाटा व्यहोरेको छ । विभागको

प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरुमध्ये सिम्रौनगढ नगरपालिका, वडा नं. ८, कचोर्वास्थित जनता मा.वि.को भवन निर्माण कार्यमा अनियमितता

अहिलेको संविधानलाई पूर्णता दिनुपर्छ : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द बिप्लवले अहिलेको संविधानले जनताको चाहना पूरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पूरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् । संविधानले परिवर्तन र बिकासको माग गरेको र जनताको प्रतिविम्बीत गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए । कुर्ची र पदको

माग पूरा नभएसम्म राहत शिक्षकहरु बिद्यालय नफर्कने

काठमाडौं । सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफुहरु आन्दोलनलाई निरन्तरता दिने

बाल सुधार गृहमा दुई समूहबीच झडप एकको मृत्यु,१० जना घाइते

नेपालगंज : विहिवार राती बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु घर भएका १८ वर्षका सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृतक केसी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा अदालतबाट जेल सजाय भएर २०७९ असार १० गते बालसुधार गृहमा आएका थिए। प्रहरीका अनुसार बिहीवार राती बालसुधार गृह भित्रै दुई समूहबीच झैझगडा हंदा

आज पनि शिक्षकको आन्दोलन जारी रहने,देशभर पठनपाठन ठप्प

काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्धको आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज तेस्रो दिन पनि आन्दोलनले निरन्तरतना पाउने भएको हो । शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् । काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।