विशेष समाचार

नेपाल प्रहरीका लेखापालको सरुवा

काठमाडौँ । नेपाल प्रहरीले लेखापालहरूको सरुवा निकालेको छ। प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरका अनुसार १२० जना लेखापालको सरुवा निकालिएको हो। ‘सई १०० जना र असई २० जनाको सरुवा निक्लिएको छ,’ उनले भने। प्रहरीले सरुवा भएकाहरूको सूची भने आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन। सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ। लेखापालको पदावधि ८ वर्षबाट घटाएर ६ वर्ष झार्ने निर्णय भएसँगै सरुवा पनि निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका तत्कालीन आईजीपी

भन्सार विभागका दुई कर्मचारीलाई निलम्बन गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट स्कुटरको ‘ब्रेक सु’को नाममा करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए । उनका अनुसार भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास

सुन तस्करी प्रकरणमा विमानस्थलको प्रहरी पनि छानबिनमा

काठमाडौं । लामो समयदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको खुलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै निकायमाथि प्रश्न उठेको छ । भन्सार कर्मचारीको त प्रष्ट कमजोरी देखिएकोमा यसमा प्रहरीमाथि पनि आशंका गरिएको छ । कार्गामार्फत आएको करिब एक सय केजी सुन राजश्व अनुसन्धान विभागले मंगलबार साँझ बरामद गरेको थियो । त्यसमा भन्सारका कर्मचारीमाथि निलम्बन प्रक्रिया अघि बढेको छ । भन्सारमा प्रत्यक्ष रुपमा प्रहरी हुँदैनन् । तर, लागुऔषधको जाँच गर्न एक टोली सधैं खटिएको

विदेश घुम्न जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । ‘वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीका बखत विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले

प्रधानमन्त्री प्रचण्ड ५ दिने इटाली भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो । युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७ गते इटाली जान लागको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।  प्रधानमन्त्रीको भ्रमणमा कृषिमन्त्री वेदुराम भुसालसहित २० सदस्य रहनेछन् । प्रधानमन्त्री इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम

कांग्रेस बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । पहिलो दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा प्रस्तुत गरेका थिए । त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए ।  बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ । उक्त प्रतिवेदनमाथि आज

प्रहरीमा लेखाप्रमुख हुन प्रहरी अधिकृतहरुको चलखेल

काठमाडौं । प्रहरीभित्र कसरी नीतिगत चलखेल हुन्छन् भन्ने पछिल्लो एक वर्षको घटनाले उजागर गर्छ । गत वर्ष केही प्रहरीको स्वार्थमा लेखापालहरूको सरुवा सम्बन्धि नीति संशोधन गरी ६ वर्षबाट आठ वर्ष बनाइएको थियो । त्यतिबेला गृहमन्त्रीनिकट समूहले खुलेआम पैसा उठाएरै यसरी नीति संशोधन गरेको थियो । ६ वर्ष पुगेर हट्न लागेका लेखापालहरुलाई लक्षित गरी त्यसरी नीतिगत चलखेल गरिएको थियो अहिले पनि प्रहरीमा त्यही रोग देखिएको छ । अन्य केही प्रहरीलाई फाइदा

बाढी–पहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध

काठमाण्डौं । मनसुनजन्य विपद् (बाढी-पहिरो)का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ। आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ। त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन। त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा-मूलघाट-माझीछार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ। त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध

प्र.स.नि. १६४ औं समुहले गर्‍यो निलसागर सेवा आश्रमलाई एक लाख बराबरको सामाग्री सहयोग

नेपालगन्ज । आठौं वर्ष पूरा भएको अवसरमा सोमबार प्रहरी सहायक निरीक्षक १६४ औं समुहले नेपालगन्जस्थित  निलसागर सेवा आश्रमलाई स्वास्थ्य सामाग्री, खाधान्न, लत्ताकपडा र फलफूल गरि एक लाख मूल्य बराबरको सहयोग सामाग्री सहयोग गरेका छन । २०७२ साल साउन १ गते प्रहरी सहायक निरीक्षकमा सेवा प्रवेश गरेका ३२ जनाले उक्त सहयोग सामाग्री सहयोग गरेको प्रहरी सहायकनिरीक्षक मोहन लाल ओलिले जानकारी दिए । बिभिन्न जिल्लामा कार्यरत माधव रावत, मोहन लाल ओली, दाम प्रसाद श्रेष्ठ, महेन्द्र बहादुर शाही, सन्दिप बेल्बासे, महेश आचार्य, बलिराज छत्याल,शेर बहादुर बारघरे, हरी पुन, रविन्द्र चन्द, सुदिप हमाल,  दिग्विजय के.सी, विक्रम वि क, हृदेश चौहान, शिउ कुमारचौधरी, ललित बुढाथोकी, भरत रावल,  लाल बहादुर वि क, दिलिप चौधरी,  दिन बन्धु थापा, कुम्भराज विष्ट, दीपक राज वन,  कृष्णभाट, सन्तोष रावल,  तारा पति अर्याल, महेश कुँवर,  राजेन्द्र चौधरी,  सन्तोष थापा, लक्ष्मण वि क,  लक्ष्मी प्रसाद कँडेल,  ओम प्रकाशखत्री र  आशिष दर्लामी मगरले संयुक्तरुपमा सहयोग जुटाएका हुन । प्र.स.नि. १६४ औं समुहले सोमबार एक कार्यक्रमका बीच आश्रमलाई उक्त सहयोग सामाग्री आश्रमका संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरेको हो । अध्यक्ष खनालले नेपाल प्रहरीसंग स्थापनाकाल देखिनै समन्वय र सहकार्य गर्दै आएको बताए । उनले आर्थिक समस्यासंग जुधिरहेका बेला नेपाल प्रहरीले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताए । आश्रममा ६३ जना बालबालिकासहित करीब दुई सय जनाले आश्रय लिरहेका छन् ।

मानबहादुर राष्ट्रिय टोलीको नयाँ कप्तान

काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो । गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना