महोत्तरीमा डीएसपी यादव कुटिए
काठमाडौं । महोत्तरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्देश्वर यादवमाथि कुटपिट भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत डीएसपी यादवमाथि बिहीबार राति १० बजेको समयमा जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । उनको दायाँ खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार अहिले उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । धनुषामा कार्यरत डीएसपी यादव एक्लै जलेश्वर