विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिइने
काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएपछि प्रवेशपत्रको आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हो । प्रवेशपत्रका आधारमा विद्यार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल