शिक्षा

भाइरल ज्वरोका बिरामी बढेसंगै विद्यालय बन्द

बलेवा । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिइन् । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ । ‘बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले शुक्रबार प्रकाशित गरेको हो । बोर्डका अनुसार यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार

आज सार्वजनिक हुंदै कक्षा १२ को नतिजा

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसका लागि दिउँसो ३ बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । कक्षा १२ को परीक्षा गत २६ जेठमा सम्पन्न भएको थियो ।

तनहुँका छ स्थानीय तहमा सार्वजनिक बिदा

दमौली । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । ९ अगष्टमा मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले

एसईई परिक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए । अध्यक्ष डा. शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अंक,

कक्षा १२ को समय तालिका फेरीयो, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरिएको थियो । तर परीक्षा बोर्डले समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाएको छ । विभिन्न सरोकारवाला निकायसँगको परामर्शपछि परीक्षा समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।  

एसईई परिक्षा वैशाखमा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिस

काठमाडौं । कोरोना संक्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको संक्रमण विस्तार भएको तथा देशव्यापी रुपमा संमितको संख्या बढोत्तरी भएपछि सीसीएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको

कक्षा ११ को आंशिकतर्फको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

तिहारपछि शिक्षकको विज्ञापन खुल्ने

काठमाडौं । तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुल्ने भएको छ । तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी भइरहेको शिक्षक सेवा आयोगले जानकारी दिएको छ । आयोगले तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको जानकारी दिएको छ । आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ । नियमावली संशोधन नहुँदासम्म वार्षिक