`पढाइ कुना´बाट आएको परिवर्तन


  • `पढाइ कुना´बाट आएको परिवर्तन

    बर्दिया । बर्दियाको ठाकुरबाबास्थित ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृति थारु केही अघिसम्म आफ्नापोशाक र शैक्षिक सामग्री छरपस्ट पार्थिन् । आरती थारुकी छोरी प्रकृती आजभोलि स्कुलबाट घर फर्केपछि सबै व्यवस्थापन गर्छिन्।पढाइ कुना निर्माणले उनको दैनिकीमा परिवर्तन ल्याएको हो । प्रकृतीको घरको एक कोठालाई विभिन्न शैक्षिक सामग्रीहरू टाँसेरसिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइयो । सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारितथा बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीकाको समन्वय सहकार्यमाबालबालिकाको सिकाइ स्तर बढाउन बनाइएको पढाइ कुनाले प्रकृतीको दैनिकी कृयाकलाप फेरिएको छ ।

    प्रकृतीको पढाइ कुनामा कापी कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट आएपछि त्यसै कोठामा झोला र विद्यालय पोसाक राख्छिन्। हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाइमा सहयोग गर्छन। प्रकृतीकी आमा आरती भन्छिन्, ‘पहिले हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन्। सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारि तथानगरपालीकाले सिकाइ अनुसार घरमा पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ ।’ प्रकृतीले पढाइ कुनामा हरेक दिनकरिब दुई घण्टा पढ्छिन्।

    बारबर्दिया नगरपालीका वडा नं. ११कि सैलीजा ढोटैली, गेरुवा गाउँपालीका वडा नं ५ को आइसा थारुको घरमा पनि पढाइ कुना छ। उनीहरेक दिन विद्यालयबाट घर आउँदा पढाइ कुना भएकै कोठामा जान्छिन्। उनले लगाउने कपडा, विद्यालयको पोसाक र शैक्षिकसामग्रीहरू त्यही राख्छिन्। उनी विद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन्। त्यही कोठामा पढ्छिन्।

    पहिले उनको घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन्। आजभोलि नियमित पढ्छिन्। घरमा बुवाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा रव्यक्तिगत सरसफाइमा निकै सुधार भएको छ।

    आइसा भन्छिन्, स्याक नेपाल बाँकेले परियोजना संचालन पछि ‘पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ। पढौं पढौं लाग्छ।पहिले घरमा पढ्नै मन लाग्दैनथियो। विद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो। अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढीबढ्न मन लाग्छ।’

    प्रकृती, आइसा, सैलीजाको घरमा मात्र होइन । बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका रगेरुवा गाउँपालीकाको परियोजना संचालन भएका करिब २ सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाकापरियोजना प्रमुख लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

    प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथा बारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरियानगरपालीका र गेरुवा गाउपालीको समन्वयमा पढाइ कुना बनाइएका हुन।  शर्मा भन्छन् ‘विद्यार्थीको सिकाइ स्तर कमजोर भएकापरिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घरबनाउन असल अभ्यासको सुरुवात गरेका छौं।प्लान इन्टरनेसनलको आर्थिक सहयोग, स्याक नेपाल बाँकेको सहजीकरण तथाबारबर्दिया, मधुवन, राजापुर ठाकुरबाबा, गुलरिया नगरपालीका र गेरुवा गाउपालीको समन्वयमा २५ वटा विद्यालयको सेवाभित्रका २५वटा समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइ स्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका ७ हजार बालबालिकाहरूकालागि सिकाइ केन्द्रहरू सञ्चालन गरिएको छ ।

    बिजय प्राथामिक बिधालय बारबर्दिया नगरपालीका वडा नं ११ प्रधानाध्यापक धरमेन्द्र थारुले पढाइ कुना र सिकाइ केन्द्र सञ्चालनभएपछि बालबालिकाको पढाइको रुचि बढेको र सिकाइ स्तरमा पनि सुधार भएको बताए ।



  • ठाकुरबाबा नगरपालीकाका कार्यलय प्रमुख रामहरि रिजालले सस्थाले बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा काम गरेको र सस्थालेसंचालन गरेका हरेक कृयाकलापमा नगरपालीकाको समन्वय सहकार्य रहेको छ । सस्थाले पुर्व प्राथामिक तहमा गरेको लगानी सार्थक रउपलब्धी मुलक भएको बताउनु भयो ।

    बारबर्दिया नगरपालीका नगर प्रमुख छबिलाल थारुले प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपालबाँकेले यस बारबर्दिया नगरपालीकाको शैक्षिक गुणस्तिर बृद्धिका लागी उल्लेखनिय कार्य गरेको छ । राज्यको नजर नपुगको ठाउमासस्थाले पुर्वप्राथामिक कक्षाहरुलाइ नमुना बनाउने,आइसिटि सहयोग मार्फत प्रबिधि मैत्री सिकाइ,अभिभाक शिक्षा,भौतिक पुर्वाधारनिर्माण,र पालीका स्तरको शिक्षा निति, शिक्षा योजना, र स्थानिय पाठ्यक्रम निर्माण गर्नमा महत्वपुण भुमिका निर्वाह गरेको छ । तसर्थपरियोजना मार्फत बनाइएका घरमा सिकाइ कुना र सिकाइ केन्द्रले बालबालिकाहरूकोसिकाइमा उल्लेख्य सुधार भएको नगर प्रमुख थारुले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *