नेपालगन्जमा नयाँ सुरुवात : ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु


  • नेपालगन्जमा नयाँ सुरुवात : 'आदर्श स्पोर्ट्स मेनिया २०७९' सुरु

    नेपालगन्ज : नेपालगन्जमा 'आदर्श स्पोर्ट्स मेनिया २०७९' सुरु भएको छ। आदर्श माध्यमिक विद्यालय नेपालगन्जको अयोजनामा बिहीबारदेखि नेपालगन्जको रंगशालामा 'आदर्श स्पोर्ट्स मेनिया २०७९' सुरु गरिएको हो।

    विद्यालय स्तर अन्तर्गत खेल जगतमा नयाँ आयाम ल्याउने उद्देश्यले सुरु गरिएको 'आदर्श स्पोर्ट्स मेनिया २०७९'मा १२ वटा खेलहरु सम्पन्न हुनेछन् ।

    नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन समारोहलाई रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटनको दिन बिहिवार नेपालगन्ज रंगशालामा दौड र फुटबल , कभर्ड हलमा ब्याडमिन्टन तथा परसपुर मैदानमा क्रिकेट खेलाईएको छ ।



  • अन्य दिनका बाँकी खेलहरुमा भलिबल , कबड्डी, घैंटो फुटाई , स्पेलिङ्ग कन्टेस्ट , चेस , म्यूजिकल चेयर , स्कोलास्टिक कम्पिटिसन र र्याप / हिपहप कम्पिटिसन भने कलेज परिसर मै खेलाईने बताइएको छ।

    बिहीबारदेखि सुरु भएको 'आदर्श स्पोर्ट्स मेनिया २०७९' २७ गतेसम्म संचालन हुनेछन्। विद्यार्थीहरुलाई पढाईमा मात्र सिमित नराखेर अतिरिक्त क्रियाकलापमा समेत अग्रसर गराउने उद्देश्यले 'आदर्श स्पोर्ट्स मेनिया २०७९'को आयोजना गरिएको विद्यालय टिमले जनाएको छ।

    तस्वीर : नेपालगन्ज ग्यालरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *