स्ववियु निर्वाचनमा आज मनोनयन पत्र वितरण


  • स्ववियु निर्वाचनमा आज मनोनयन पत्र वितरण

    काठमाडौं । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज (शुक्रवार) उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।

    गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।



  • त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।

    भोलि (शनिवार) प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *