शिक्षा

एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गरिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो । बैठकमा सहभागि एक मन्त्रीले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गर्यो ।’

त्रिविद्वारा वार्षिक परीक्षा सञ्चालन नगरी दोस्रो बर्षको अध्यापन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन नगरी नै दोस्रो बर्षको अध्यापन सुरु गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको हो । विश्वविद्यालयका अनुसार निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो । तर अनलाइनमा सीमित मात्र विद्यार्थी जोडिने हुनाले समस्या अन्य विद्यार्थीहरुलाई असर पर्ने देखिन्छ । स्नातक तहको

शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

काठमाडौं । कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् । नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त

विद्यालय बन्द गर्नेबारे सरोकारवाला सँग मन्त्रालयले छलफल गर्दै

काठमाडौं । सरकारले विद्यालय बन्द गर्नेबारे सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि अहिले बिहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोनाको नयाँ स्वरुप युके भेरियन्टको संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो । विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले

आगामी जेठ ३० गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो ।   त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । त्रिवि र नेविसङ्घ विश्वविद्यालयबीच विगतमा भएका २३ बुँदे सम्झौतामध्ये

बरिष्ठ नेता नेपाल लगायत एक दर्जनलाई कारबाही गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल अगाडि बढाएको एक नेताले बताए । एमालेका बरिष्ठ नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेको बताइएको छ । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गरेको आरोप ओली पक्षको छ । यसअघि नै ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा

आगामी जेठ १३ गतेदेखि २०७७ सालको एसईई परिक्षा सन्चालन हुने

काठमाडौं । आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो । बोर्डले नै आगामी एसईई राष्ट्रिय परीक्षा लिने भएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन

एसइई र १२ विद्यार्थीले प्रमाणपत्र प्राप्त गर्न डी ग्रेड ल्याउनुपर्ने

काठमाडौं । विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी भइरहेको छ । कक्षा ८, एसइई (कक्षा १०) र १२ मा बेन्चमार्क ३५ अंक अर्थात् ग्रेड डी प्राप्त गरेपछि मात्र मूल प्रमाणपत्र दिने गरी शिक्षा मन्त्रालयले नयाँ व्यवस्थाको तयारी गरेको हो । शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले निर्णय गरी मन्त्रालयमा पठाएको प्रतिवेदनका आधारमा यस्तो तयारी भएको हो । नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षरांकन पद्धतिसम्बन्धी अध्ययन

झापामा शिक्षकको कुटाइबाट बालकको मृत्यु

काठमाडौं । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट