त्रिविद्वारा वार्षिक परीक्षा सञ्चालन नगरी दोस्रो बर्षको अध्यापन सुरु


  • त्रिविद्वारा वार्षिक परीक्षा सञ्चालन नगरी दोस्रो बर्षको अध्यापन सुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा सञ्चालन नगरी नै दोस्रो बर्षको अध्यापन सुरु गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको हो । विश्वविद्यालयका अनुसार निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो । तर अनलाइनमा सीमित मात्र विद्यार्थी जोडिने हुनाले समस्या अन्य विद्यार्थीहरुलाई असर पर्ने देखिन्छ ।
    स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा सुरु भएको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीको भनाई छ । विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ । पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको उनले बताए । स्नातक तहका नयाँ विद्यार्थीले भने फागुन अन्तिम साताबाट भर्ना भएर पठनपाठन सुरु गरेका छन् । यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटिएको विश्वविद्यालयले जानकारी दिएको छ । पुरानो पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको छ । पहिलो वर्षको परीक्षा दिन नपाए पनि समयको सदुयपोग होस् भन्ने हिसाबले दोस्रो वर्षको पठनपाठनमा जोडिएको जानकारी नियन्त्रक जोशीले दिए । पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ । उनीहरूको समय खेर जाने अवस्था रहेको जनाइएको छ । दोस्रो वर्षमा अध्ययनरत ती विद्यार्थी उपयुक्त समय आएलगत्तै पहिलो वर्षको परीक्षामा सहभागी हुनेछन् । नयाँ भर्ना भएका विद्यार्थीको पनि अनलाइन कक्षा सुरु गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार हाल स्थगित भएका विद्यार्थीको परीक्षा सङ्क्रमण सामान्य भएपछि एक महिनाको समय दिएर गरिनेछ । संक्रमण अवस्था सामान्य भएलगत्तै परीक्षा लिने र विश्वविद्यालयको तयारी छ । दृष्टि  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *