समाचार

बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले पार्टी बजेटको विपक्षमा उभिने निर्णय गरेको हो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटको पक्षमा समर्थन गर्न नसकिने बताए । प्रचण्ड नेतृत्वको सरकारबाट गत माघ २२ गते बाहिरिएपछि रास्वपा प्रतिपक्षको बेन्चमा उभिएको छ । प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन् । सरकारले आजै प्रतिनिधिसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउँदै छ

लुम्बिनी प्रदेशसमा आजदेखि बजेटमाथि छलफल

काठमाडौं । लुम्बिनी प्रदेशसभामा आजदेखि आगामी वर्षका लागि ल्याइएको बजेटमाथि छलफल हुने भएको छ । बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०÷०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय

जसपाको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आज केन्द्रिय समितिको बैठक बस्दैँछ । भोली देखी सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो । सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोली (आइतबार) देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिबाट मस्यौदा बिद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा

आज नेपाल र नेदरल्याण्ड भिड्दै

काठमाडौं। नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजेबाट सुरु हुनेछ । दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ । नेदरल्याण्डलाई हराउन

पहिरोका कारण मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४६५ जनालाई स्थायी रोजगारी दिने भएको छ । ४६५ मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जनाको लागि रोजगार दिने भएको हो । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ । बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले सबै प्रदेशमा रोजगारी

प्रकाशित समाचारप्रति डिएसपी भाटको खण्डन

काठमाडौं । गत २४ चैत २०७९ मा दृष्टिन्यूजमा प्रकाशित ‘डिएसपीको कमाउ धन्दा’ शीर्षकमा प्रकाशित समाचारको इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुख डिएसपी उद्धवसिंह भाटले खण्डन गरेका छन् । प्रकाशित समाचारमा आपत्ति जनाउँदै इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका तत्कालीन प्रमुख डिएसपी भाटले समाचारप्रति असन्तुष्टि जनाएका छन् । उनले खण्डनमा भनेका छन्– दृष्टि मिडिया प्रा.लि.बाट सञ्चालित अनलाइन दृष्टिन्यूजमा ‘डिएसपीको कमाउ धन्दा’ शीर्षकमा मेरो फोटोसमेत राखी प्रमाणहिन, आधारहिन, तथ्यहिन र कपोकल्पित समाचार

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।  काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका

राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा

काठमाडौँ । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।  प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेर समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा  घोषणा गरिएको हो । घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा चर्को हुटिङ गरेका थिए ।

कोशी बाढीपहिरो:ज्यान गुमाउनेको संख्या ८ पुग्यो

कोशी । कोशी पहाडको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।  केही दिनदेखिको अविरल वर्षाले कोशी पहाडका जिल्लाहरूमा धनजनको ठूलो नोक्सानी गरेको छ। खासगरी हेवा खोलाले पहाडी जिल्लामा धेरै क्षति गरेको छ।  हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ३, पाँचथर ३, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ। ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको