समाचार

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो । ल्होसार मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो

चिसोले खुम्बुमा पानी जम्न थाल्यो

सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत । आइतवार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् मृत्यु हुनेमा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र

सभामुख घिमिरेको शपथ ११ बजे

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । सभामुख घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । त्यस्तै उनले मध्यान्ह १२ बजे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर १२ः ३० बजे पदबहाली गर्ने कार्यक्रम तय भएको छ ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण

काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको काठमाडौं विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट गरिएको हो । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

मलेसियाबाट आएको विमान अवतरण हुन सकेन

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान फर्किएर कोलकाता अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए-४१६ विमान अहिले कोलकातामा अवतरण गरेको हो ।

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार घिमिरे निर्वाचित भएका हुन् । देवराजको पक्षमा १६७ र न्यौपानेको पक्षमा एक सय मत खसेको छ । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । प्रतिपक्षका तर्फबाट नेपाली नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदेवारी दिएका थिए । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई

मुख्यमन्त्री गिरीले आज बिश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने एजेण्डा रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वसको मत लिन लागेका हुन् । सात दलका ५६ जना र २ स्वतन्त्र

आजको मौसम : पश्चिमी पहाडी भेगमा हल्का वर्षा, हिमपातको सम्भावना

काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागहरूमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न