समाचार

सभामुखमा आज घिमिरे र न्यौपाने भिड्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत

रा.वा.बैकको ५८ औं वाषिर्कोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालय नेपालगंज साथै ६ वटै प्रादेशिक कार्यालय परिसरमा एकै पटक रक्तदान गरेको छ । यही माघ १० गते हुने ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बुधबार आफ्नो केन्द्रीय कार्यालय तथा लुम्बिनी प्रदेशसहित ६ वटा प्रादेशिक कार्यालय परिसरमा एकै पटक रक्तदान कार्यक्रम गरेको हो । पुर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकले लामो समयदेखी आफ्ना सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान

नारायणगढ–मुग्लिन सडक थप ३० दिन वन्द हुने

काठमडौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने भएको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङका अनुसार पार्टी अध्यक्षको निर्णयले स्थायी कमिटी सदस्य घिमिरेलाई घिमिरेलाई अघि सार्ने निर्णय भएको हो । प्रतिनिधिसभाको सभामुखका लागि बिहीबार बिहान ११ बजे निर्वाचन तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ । यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा समेत सभामुखका लागि दाबेदार थिए ।

माघ १३ गतेदेखि आईपीओ निष्काशन गर्दै माया खोला हाइड्रोपावर

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता एक सय अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीस्थित बसेको कांग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको छैन । दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभा प्रमुख सचेतक मनोनीत गरेको छ । पार्टी संसदीय दलको विधानअनुसार अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले बुधबार शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । राप्रपा प्रवक्तासमेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्य विजयी भएका थिए । यसअघि शाही मन्त्री हुने चर्चा थियो । तर, मन्त्रीमा नअटाएपछि उनलाई सचेतक बनाइएको हो ।  

सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक चुनाव हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार तेस्रो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक/एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । ३० पुसमा

विमान दुर्घटनाप्रति चीनद्वारा दुःख व्यक्त

काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनाप्रति चीनले दुःख प्रकट गरेको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले विमान दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरका हुन् ।

आजवाट कालिञ्चोक दर्शनको आईपीओको बिक्री खुला

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला गरेको छ । आजबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको हो । सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४००