समाचार

आज मन्त्रिपरिषद् विस्तार हुँदै, शपथ दिउँसो १ बजे हुने

काठमाडौं । मन्त्रिपरिषद् आज विस्तार हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको थियो । दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राष्ट्रिय

कामको मूल्यांकनका आधारमा प्रहरी कर्मचारीको पदोन्नति हुने: महानिरीक्षक सिंह

काठमाण्डौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायब महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत टुंगोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका छन । आर्थिक रूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्नसमेत उनले आग्रह गरे। कार्यक्षेत्रमा गरेको कामको मूल्यांकनका आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा

विमान दुर्घटनामा हराइरहेकाको खोजीमा कठिनाइ

काठमाडौं । पोखराको सेती नदी खोँचमा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा हराइरहेका ४ जनाको आज (सोमवार) बिहानैबाट खोजी तीव्र पारिएको छ। आइतवार अबेरसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले दुर्घटनास्थलमा ६९ जनाको शव फेला पारेका थिए । तीमध्ये ६६ जनाको शव अस्पताल लगिसकिएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सोमवार बिहान ७ बजेबाट दोस्रो दिनको खोजी कार्य सुरु भएको जानकारी दिए । दुर्घटनामा परि हराइरहेका बाँकीको

नियम कानुनको पालनमा दृढ रही काम गर्न डीआईजीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोबलका साथ प्रदेशमा गएर काम गर्न मन्त्री लामिछानेले सोमबार निर्देशन दिएका हुन् । साथै, प्रहरी संगठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीहरूमा सद्भाव राखेर काम गर्न पनि आग्रह गरेका छन् । कसैको प्रभाव वा

माओवादी नेता वर्षमान पुन अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनको अहिले ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । वंशाणुगत जन्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए । स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए ।

मन्त्रिपरिषद् विस्तार सहमति नजिक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारमा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताएका छन् । शनिबार सञ्चारमाध्यमका सम्पादकसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागबन्डा सहमति नजिक रहेको बताएका हुन् । शनिबार बिहान पनि एमाले अध्यक्ष ओलीसँग भेट भएको र सहमतिको नजिक पुगेको उनले बताए ।

गण्डकी प्रदेश सभामुख धितालद्वारा सपथ ग्रहण

लेखनाथ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो । सभामुखमा निर्वाचित धिताल गोरखा १

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रविबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सत्तारूढ दलका शीर्ष नेतासँग छलफल गर्दैछन् । शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका थिए । उनीहरूबीच पनि मन्त्रिपरिषद् विस्तार र भागबन्डाका विषयमा छलफल भएको थियो।

पूर्वप्रधानमन्त्री बोल्सोनारो पनि तानिए अनुसन्धानमा

ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार अधिकारीहरूलाई जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्वप्रधानमन्त्री जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको छ । न्यायाधीश अलेक्जान्डर डे मोरेसले अटर्नी जनरलको कार्यालयबाट बोल्सोनारोलाई समावेश गर्नको लागि अनुरोध स्वीकार गरे । आइतवार राजधानी ब्रासिलियाकमा भएका दंगमा बोल्सोनारोको अप्रत्यक्ष संलग्नता रहेको अनुमान गरिएको छ । दंगाको दुई दिनपछि अभियोजकको कार्यालयले फेसबुकमा बोल्सोनारोले पोस्ट गरेको भिडियो पेस गरेको थियो । भिडियोको विश्लेषण गरिसकेपछि, न्यायाधीश डी मोरेसले

स्रोत नखुलेको १० लाख नगदसहित ४ जना पक्राउ

मलङ्गवा । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौं बागेश्वरी मनोहरा नपा-८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने