समाचार

प्रधानमन्त्री ओलीद्वारा अपरान्ह ४ बजेका लागी स्थायी कमिटी बैठक आव्हान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको जानकारी मिलेको छ ।

सिमामा भारतीय नागरिक र सशस्त्रविच झडप, सशस्त्र प्रहरी सहित ९ जना घाइते

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका

अक्षय कुमार बन्न चाहिन्छन् आलिया

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१३ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट फिल्म उद्योगमा धमाकेदार पाइला चालिन् । यो फिल्मको सफलतापछि उनले एकपछि अर्को ठूलो फिल्ममा अभिनय गरिरहेकी छन् । हालका दिनमा आलिया फिल्मबाहेक रणवीर कपूरसँगको अफेयरका कारण पनि चर्चामा छिन् । आलियाले आफ्नो करियरमा कैयौं ठूला स्टारसँग अभिनय गरिसकिन् । तर सायद कमैलाई मात्र थाहा होला कि आलिया अभिनेता अक्षय कुमारको ठूलो फ्यान हुन् ।

नेकपा एमालेको खनाल-नेपाल समूहले स्पष्टीकरण नदिने

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो । पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलले टिप्पणी गर्नुभयो । ‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष

एक सय ४९ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् । शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो । सोही

नागरिकता सम्बन्धी अध्यादेश जारी, मधेसमा खुसियाली संगै दिपावली

धनुषा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि मधेसका जिल्लामा स्वागत गरिएको छ । जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूहले दिपावली नै गरी अध्यादेशको स्वागत गरेको हो । लामो समयदेखि नागरिकताबाट बञ्चित मधेसी नागरिकको माग पुरा भएको खुशियालीमा दिपावली मनाएको जसपाका यूवा नेताले बताए । बाबु आमा जन्मसिद्ध नेपाली नागरिक भए पनि छोराछोरी नागरिकताबाट बन्चित हुँदा हजारौं युवाले पढाइ, जागिर र विदेश जानबाट बन्चित भएका थिए

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश २०७८ जारी

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कृषि मन्त्रालयद्वारा ४१ अर्ब बजेट माग

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँ बजेट माग गरी कार्यक्रम पठाएको छ । संघीय सरकारतर्फ ३२ अर्ब र ९ अर्ब प्रदेश र स्थानीय सरकारमा जाने गरी बजेट माग भएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए । यो चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई विनियोजन गरिएको भन्दा करिब ७ अर्ब बढी हो । मन्त्रालयले प्रत्येक गाउँपालिकामा गोल्ड चेम्बर बनाउने प्रस्ताव गरेको छ । यस्तै

विपक्षी पाँच दलका नेताहरु हस्ताक्षर सहित सोमबार मात्रै सर्वोच्च जाने

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै सर्वोच्च जान तयारी भए पनि सबै कागजात नमिलिसकेकाले सोमबार मात्रै जाने निर्णय भएको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरमा सञ्‍चारकर्मीमाझ भने, ‘रिट साँझसम्म तयार हुन्छ । नागरिकतालगायत तयार गर्ने काम भएको छ । सशरीर उपस्थित भएर हामी अदालत जान्छौं ।

डब्लूएचओले कोरोना सम्बन्धि स्वास्थ्य सामग्री साता दिनमै नेपाललाई उपलब्ध गराउदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा बढी स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ । यसैक्रममा अबको साता दिनमै नेपाललाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराउने डब्लूएचओले जनाएको छ । नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइन लागेको डब्ल्यूएचओद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका अनुसार हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको