अमेरिकामा भेटियो अर्को डरलाग्दो भाइरस
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीले आक्रान्त बनाइरहेकै बेला फेरि अर्को भाइरस देखा परेको छ । महामारीका बीच अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको छ । बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका