समाचार

नेपालका लागि एम्सको दुतमा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नियुक्त

नेपालगंज : विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दुतमा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन् –‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो

वेस्टर्न अस्पतालद्वारा 'क्रिटिकल केयर नर्सिङ कोर्स' सम्पन्न

नेपालगन्ज : वेस्टर्न हस्पिटल नेपालगन्जले क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपाल (CCNAN) सँगको सहकार्यमा विस्तृत क्रिटिकल केयर कोर्स (C4N) सम्पन्न गरेको छ। पाँच हप्ताको यो कोर्स नर्सहरूको क्रिटिकल केयर सम्बन्धी सीप र विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो। समापन समारोह नेपालगन्जको नेपाल मेडिकल एसोसिएसन हलमा आयोजना गरिएको थियो, जहाँ C4N को पहिलो ब्याचका नर्सहरूको उपलब्धिलाई सम्मान गरियो। समापन समारोहको शुरुवातमा वेस्टर्न अस्पतालकी नर्सिङ निर्देशक सन्दीपा शाक्यले स्वागत मन्तव्य दिनु

चिडिमार समुदाय र आमा समुहलाई गरियो फ्रिडम किट व्याग वितरण

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित वडा नम्बर १२ का चिडिमार समुदाय र आमा समुहलाई फ्रिडम किट व्याग वितरण गरिएको छ। फ्रिडम किट व्याग एफकेबी(यूके)को आर्थिक सहयोग र बास नेपालको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गर्दै फ्रिडम किट व्याग वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य सुशीला पन्त रहेकी थिइन्। त्यस्तै अतिथिको रुपमा भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बास

लुम्बिनी कप महिला फुटवल सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

नेपालगन्ज । आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश मल्ललाई प्रदान गरिएको छ। वरिष्ठ फोटोग्राफर समेत रहेका मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री हरिबहादुरका निर्माता मध्ये एक हुन् । यसैगरी लुम्बिनी कपका सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरज

फागुन १९ गतेदेखि 'लुम्बिनी कप'

नेपालगन्ज : लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्। अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल संचालनकोलागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

नेकोद्वारा विद्यार्थीहरुमाझ गरियो बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम

नेपालगन्ज : ‘नेकोको अभियान, शिक्षामा योगदान’ भन्ने मुल नाराका साथ नेको इन्स्योरेन्स लिमिटेडले बीमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार नेपालगन्जको सिद्धार्थ विद्या सदनका विद्यार्थीहरुलाई बीमा सम्बन्धि जानकारी दिइएको हो। अभिमुखीकरण तालिम नेकोका कारकाँदो शाखा प्रबन्धक मिनराज शाहीले दिएका थिए। विद्यार्थीहरु भविस्यका कर्णधार भएकोले उनीहरूलाई बीमा सम्बन्धि सचेतना कार्यक्रम जरुरी भएको पनि प्रबन्धक शाहीले बताए। अभिमुखीकरण कार्यक्रम पश्चात् सिद्धार्थका विद्यार्थीहरुले बीमा सम्बन्धी धेरै कुरा बुझेको प्रतिक्रिया दिएको पनि शाहीले

सरकारलाई ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले सरकारलाई ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज बिहीबार प्रमाणीकरण भएको हो ।  संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकाले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल

युवतिद्धारा भेरी नदीमा हामफाली आत्महत्या प्रयास, सशस्त्रले गर्‍यो जिवितै उद्धार 

सुर्खेत : सुर्खेतको मेहलकुनास्थित भेरी पुलबाट हामफालेर आत्महत्याको प्रयास गरेकी युवतीको सशस्त्र प्रहरी निरीक्षकको टोलीले जिवितै उद्धार गरेको छ । मेहलकुनामा जारी शुभाघाट मेला हेर्न आएकी युवतीले गुर्भाकोट नगरपालिका वडा नन्बर ८ र १३ जोड्ने भेरी नदीको पक्की पुलबाट आज (बुधवार) सांझ ७ बजे हामफाली आत्महत्या प्रयास गरेकी थिइन । गुर्भाकोट -१३ बस्ने १६ बर्षिया सम्झना बुढा पुलबाट नदीमा हामफालेको देख्नासाथ सशस्त्र प्रहरी निरीक्षक जिवन मल्लको कमाण्डमा खटिएको टोलीले नदीबाट

शुक्लाफाँटामा कृष्णसारको संख्या २ सय ८८ पुग्यो

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको संख्या बढेर दुई सय ८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

काठमाण्डौं । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागु गर्न लागेको हो । यसैवर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस वर्षदेखि जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।