उत्कृष्ट कार्य गरेको भन्दै सुनीता बनिन ‘पुलिस अफ द मन्थ’
नेपालगंज । वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो । कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० लाख भारतीय रुपैयाँसहित एक पुरुषलाई नियन्त्रणमा लिन सफल भएकी थिइन् । तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह तथा विभागीय मूल्य