समाज

ठूलो संख्यामा नेपाल प्रहरीका इन्स्पेक्टरहरूको सरुवा

प्रहरी महानिरीक्षक बसन्त कुँवरको आज मंगलवारको निर्णयबाट ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ। हेर्नलाई तलका लिंकमा क्लिक गर्नुहोस.. www.nepalpolice.gov.np

बाँदर आतङ्कले बागलुङका किसान हैरानी

बागलुङ । बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । उनीहरु

भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए । वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । “भ्रष्टाचार, बेथिती र ठगी विरोधी

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । यसअघि आज बिहान १ बजे सोही

रेडी ट्रेडर्सबाट बरामद भएको ६६ कार्टुनमा पनि सुन नै भेटियो

काठमाडौं । सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजस्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको स्रोतले जानकारी दियो । विभागले ६६ कार्टुनबाट ११ सय

सोह्रखुट्टेबाट ६६ काटुन ‘ब्रेक शु’ लेखिएको काटुन बरामद

काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटुन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि साउन २ गते विमास्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा जफत गरिए सुनसहिचतको ब्रेक सु जस्तै शंकास्पद रहेको राजस्व विभागले

बालुवाटार गोदाममा छापा, सुन गाल्ने मेसिन भेटियो

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको छ । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा विभागले बुधबार साँझ छापा मारेको हो । त्यसक्रममा उक्त गोदाममा सुन गाल्ने मेसिन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । तस्करीमा संलग्न व्यक्तिको गोदामबाटै सुन गाल्ने मेसिन भेटिएपछि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । विभागले बुधबारै

७ दिनभित्र हाजिर नभए २२ प्रहरीलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको तयारी

काठमाण्डौं : प्रहरी प्रधान कार्यालयले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका २२ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।प्रहरी हेडक्वार्टरले बुधबार एक सूचना जारी गर्दै गैरहाजिरी रहेका एक जना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो । सम्पर्कमा नरहेका प्रहरी हवलदारमा इलाका प्रहरी कार्यालय कात्तिके देउराली, काभेमा दरबन्दी भएका प्रेमराज दुरा छन् । त्यस्तै

एक एसपी र २ डिएसपीको काज सरूवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर खटाइएको हो । त्यस्तै डिएसपी दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय बारा काज सरुवा भएको छ भने न्यौपानेको ठाउँ नेपाल प्रहरी प्रधान कार्यालय अपराध

१ सय २२ जना सई बरिष्ट सईमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी बरिष्ट नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले जनपद समुह तर्फका १ सय २२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी बरिष्ट नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।