समाज

पाँच एआइजी बन्ने दौडमा दर्जन वढी डिआइजी प्रतिस्पर्धामा

काठमाडौं । सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने तयारी गरेको छ । ३० वर्षे सेवा अवधिका कारण एआइजीहरु अनिवार्य अवकाशमा गएपछि पाँच एआईजी पद खाली भएको हो । गृह मन्त्रालयले सोही पदमा पाँच डीआइजीको बढुवा गर्ने तयारी गरेको हो । एआईजी बढुवाका लागि दर्जनबढी डीआईजी दौडमा रहेका छन् । डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य मुख्य प्रतिस्पर्धी हुन् । वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह,

बाँकेको खजुरामा चोरको बिगबिगी, सुरक्षामा चुनौती

नेपालगन्ज : बाँकेको खजुरामा शुरक्षा चुनौति बढेको छ । जुवा तास, लागु औषध प्रयोगकर्ता सगैं, कुटपिट तथा चोरीका घट्ना बढ्नाले खजुरामा शुरक्षा चुनौति थपिदिएको हो । आइतबार राति मात्रै खजुरा एक नम्बरमा सम्राट सुन चादि पसलमा सटर फोडि चोर पसेका छन । सोहि दिन राति नै धवलागिरीमा एक वृद्ध महिलाको घरमा केहि मानिसहरु पसि चक्कु देखाएर सुन लुटेर लगेका छन । सुन लुट्नेले चक्कु समेत प्रहार गरेपछि उक्त महिला घाइते

बालाजु र सोह्रखुट्टे बृत्तका डीएसपीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो । दुवै जनाको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानविन समितिले सोमबार बुझाएको प्रतिवेदनमा उल्लेख छ । बालाजुका डीएसपी बिष्ट भने यसअघि नै त्यहाँबाट रानीपोखरी तानिएका छन् । सोह्रखुट्टेका

करिब ४५ जना सवार बस पोखरामा दुर्घटना

पोखरा । आज (आइतबार) कास्कीको पोखरामा बस दुर्घटना भएको छ।  कास्कीको ताल्चोकबाट पोखरा गएको बस आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएको छ। ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हुंदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा बाँकेको जमुनाह नाका सरसफाइ

नेपालगन्ज : आज फागुन ७ गते, अर्थात् प्रजातन्त्र दिवस । देशभर ७३ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ। यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको नेपालगन्ज स्थित नेपाल-भारत सिमा नाका ( जमुनाह नाका) सरसफाइ गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा जमुनाह नाका सरसफाइ गरिएको हो। उक्त सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी बल लगायतको पनि सहकार्य रहेको थियो। सिमा नाकामा भएको अनावश्यक फोहोरलाई सफा गरेपछि हाल जमुनाह नाका सुन्दर देखिएको छ।  

प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा गरेको छ ।आवश्यकता अनुसार प्रहरी निरीक्षकहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मधेश प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरोध

जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ । बुधबार संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा कांग्रेसले बैठक अवरोध गरेको हो । संसदीय दलमा अतिथिलाई मर्यादा पालकले आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए । प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ । सभामुख रामचन्द्र मण्डलले भने पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो चार बजे बस्ने भएको हो ।यसअघि आज १ बजेका लागि बोलाइएको बैठक विज्ञप्ति निकालेर चार बजेका लागि सारिएको हो । सचिवालयले मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसमा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८/७९ को प्रतिवेदन प्रस्तुत

आन्दोलनकारीले जलायो बालाजु प्रहरीको गाडी र बिट

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण बालाजु क्षेत्र तावग्रस्त बनेको हो । आन्दोलित यातायात मजदुरहरुले बालाजुमा प्रहरीको दुई वटा भ्यान जलाएका छन् । उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट जलाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर

निहारिका राजपुत र शिवराजले गरे विवाह

काठमाडौं । कुमारी आमाको नामले परिचित निहारिका राजपुतले विवाह गरेकी छन् । उनले प्रेमी शिवराज श्रेष्ठसँग आज जनकपुरको जानकी मन्दिरमा विवाह गरेकी हुन् । विवाहपूर्व नै एक छोराकी आमा बनेकी निहारिकाले शिवराजमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा विचाराधीन छँदै धनुषा जिल्ला अदालतमा उनले शिवराजसँग मिलापत्र गरेकी थिइन् । आज भएको विवाहमा निहारिकाको माइती परिवार उपस्थित भएनन् । शिवराजसँग प्रेम भएपछि माइतीले उनलाई ‘बहिष्कार’ गरेका थिए