समाज

भक्तपुरमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित सडकमा प्रदेश २–००१ च ०४११ नम्बरको गाडीले लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका–७ बस्ने १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको छ । बा.२ ख ६६६९ नम्बरको बसलाई ओभरट्याक गरी जाने क्रममा उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र गाडी चालकलाई नियन्त्रणमा लिनुका

बढेर आयो इन्धनको मूल्य

काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । यसअघि डिजेलको मूल्य घटेर आएको भएपनि निगम घाटामा रहेको भन्दै नेपालमा मूल्य समायोजन गरिएको थिएन । यसैबेला फेरि पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको हो । नेपाल आयल निगमकाअनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाएर पठाएको छ । यस्तै, मट्टितेलमा साढे ४ रुपैयाँ बढाएको छ । त्यस्तैगरी हवाई इन्धन ७

श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि एक महिला पक्राउ

जाजरकोट । जाजरकोटमा श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि एक महिला पक्राउ परेका छन् । भेरी नगरपालिका–६ पुन्मोका ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या आरोपमा मंगलबार श्रीमती भद्रकलालाई पक्राउ परेको हो । भदैकलासँगै उनका छोरा छोरा तुल्सीराम पनि पक्राउ परेका छन् । अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ । २०७४ पुस ३० मा भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको र भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना पक्राउ

झापा । कामना सेवा विकास बैंकको चार जना पक्राउ परेका छन् । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको हो । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । ३२ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा

रास्वपा गृह मन्त्रालय नपाए आजै सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका छन् ।लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग आफुलाई गृहमन्त्रीको जिम्मेवारी दिन आग्रह गरेका थिए । तर, प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौ भनेपछि लामिछानेले आज साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी गराएको स्रोतले जानकारी दियो । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री र

आजबाट वर्षा सुरु हुने, तीनवटा प्रदेशमा हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशका थोरै भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।थोरै भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

ललितपुरको एक कागज गोदाममा आगलागी

काठमाण्डौं । सोमबार राती ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित एक कागजको गोदाममा आगलागी भएको छ । उक्त कारखानामा राती दस बजेतिर आगो लागेको हो। चार वटा दमकल, प्रहरी लगायतले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगलागी कसरी भएको भन्ने खुल्न बाँकी रहेको एसपी प्रविण पोखरेलले बताए।

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको हो । ल्होसार मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो

चिसोले खुम्बुमा पानी जम्न थाल्यो

सोलुखुम्बु । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए । उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ । खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक