सरकारमा सहभागी हुने नहुनेबारे एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे आज निर्णय गरिने उनले बताए । एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए । केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएको