समाज

प्रहरीमा एआइजीका तीन पद रिक्त

काठमाडौं । नेपाल प्रहरीका एआइजी अरुण बिसीले बुधबारदेखि अवकाश पाएका छन् । उनको अवकाससँगै प्रहरीमा एआइजीका तीन पद रिक्त भएका छन् । यसअघि विश्वराज पोखरेल र मुकुन्दराज आचार्यले अवकाश पाएकोमा ती पद रिक्त छन् । रिक्त पदमा तत्काल बढुवाको सम्भावना नभएको गृह मन्त्रालय बताउँछ । चुनावपछि मात्र बढुवा हुने सम्भावना छ । आगामी २५ कात्तिकमा अर्का एआइजी रबिन्द्र धानुकले पनि अवकाश पाउँदैछन् । यद्यपी उनी प्रहरी नियमावली नै संशोधन गरेर

नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको विमानमा आगो लाग्यो

काठमाण्डौं । भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आगो लागेको छ । यससँगै उक्त विमान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ । यो घटना शुक्रबार राति करिब १० बजेको हो । समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बेंग्लोर जाँदै गरेको फ्लाइट संख्या ६ई–२१३१ को विमानमा देखिएको प्राविधिक समस्याको कारण इन्जिनमा आगो लागेको थियो । यससँगै पाइलटले विमानस्थलमा नै आकस्मिक अवतरण गराएका हुन्

खुकुरी प्रहार गरी चितवनमा एक युवकको हत्या

चितवन । चतिवनको माडी नगरपालिका-४ घोसरीमा एक युवककाे हत्या भएको छ । सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको खुकुरी प्रहार गरी हत्या गरेके माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ

घरमा आगलागी हुंदा १५ लाखको क्षति

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री गरी १५ लाख बढीको क्षति भएको प्ररम्भिक अनुमान छ ।आगलागीको कारण खुल्न सकेको छैन ।

आजदेखि सार्वजनिक बिदा, सरकारी सेवा १४ गतेबाट

काठमाण्डौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउनेछ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।

तिहारको तेस्रो दिन आज कुकुर तिहार

काठमाण्डौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी

आज काग तिहार

काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारमा कागलाई यमराजको दुधको रुपमा विषेश पुजा आरधाना गर्ने प्रचलन छ । यस दिन कागलाई विभिन्न परिकार खान दिई कागको पूजा गरिँन्छ । सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना

सुन तस्करीको आरोपमा विमानस्थलबाट आठ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ । विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर

सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा

काठमाण्डौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वंशीराज दाहालले दर्ज्यानी चिह्न लगाएका छन्। उनलाई बुधबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले दाहाल सशस्त्र प्रहरी नायब महानिरीक्ष (डीआईजी)बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका हुन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नति महत्त्वपूर्ण