समाज

पोखरा-बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’

म्याग्दी । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा

आज बडादशैंको आठौं दिन महाअष्टमी मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा

हेटौंडा बस दुर्घटना: २ जनाको मृत्यु, ३७ घाइते

हेटौडा । हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा  अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी

नेपालगंज बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

नेपालगंज । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा र बलि चढाउनेको बिहानैदेखि घुइँचो लागेको छ । घटस्थापनाको आठौ दिन महाअष्टमीको अवसर पारेर आज बिहानैदेखि बागेश्वरी मन्दिरमा विधिवत् पूजाआजा तथा बलि दिने भक्तजनको भीड लागेको बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले जानकारी दिए । उनका अनुसार मन्दिरमा पूजाआजाको लागि श्रद्धालु भक्तजन बिहान ३ बजेदेखिनै लाइनमा लाग्ने गरेका छन् । मन्दिरमा बोका, कुखुरा र हाँसको बलि चढाउने गरिएको छ । बलिको लागि दिइने

दसैँ पर्वको तयारीमा राउटे बस्ती

दैलेख । दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाए

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

सुदूरपश्चिम । धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०-९ गोलले हराएको हो । यसअघि निर्धारित समयमा दुवै टोलीले एक–एकको बराबरी खेलेका थिए । दुवै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो । उपाधिसँगै लुम्बिनी प्रदेशले रु पाँच लाखसहित ट्रफी, मेडल प्राप्त

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु १७ जना घाइते

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुन रहेको सल्यान प्रहरी जनाएको छ । रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष

दसैँ सुरु भएसँगै गाउँघर फर्किनेहरुको संख्या बढ्यो

काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेहरुको संख्या बढेको छ । विशेषगरि काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको ठूलो भीड लागेको छ । दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् ।

सन्दीप लामिछाने असोज २० गते नेपाल आउने

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आउने बताएका छन् । लामिछानेले सामाजिक संजालमार्फत आफू २० गते नेपाल आइपुग्ने बताएका हुन् । उनले २० गते नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्ने बताए । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ट, द्दण्द्दद्द मा मेरो गृह देश नेपाल आइपुगेको छु र झूटा आरोप विरुद्ध कानुनी लडाई